नेपाली सेनाद्धार बाँकेका तीन जना सम्मानित

सदरलाइन संवाददाता २० श्रावण २०७८, बुधबार १५:४४
 

नेपालगञ्ज : राँझास्थित भैरब प्रसाद गणको १६४ औ बार्षिकोत्सवको अवसर पारेर उत्तर पश्चिमपृतना हेड क्वाटर, नेवारे ब्यारेक सुर्खेतले तीन जनालाई सम्मान गरेको छ । बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकर र शिक्षक माधवी शाहलाई सम्मान गरेको हो ।

बाँके र बर्दिया जिल्लामा निश्वार्थ भावले समाज सेवामा उत्कृष्ट सेवा गरेको भन्दै उहाँहरुलाई कदर पत्र सहित सम्मान गरिएको पृतनापति विज्ञानदेव पाण्डेले जानकारी दिए ।


‘तपाईको ब्यक्तीगत समर्पण, ज्ञान र अनुकरणीय प्रयासले आफनो तहवाट विभिन्न क्षेत्रमा पुरयाउनु भएको अतुलनिय योगदान तथा नेपाली जनता र नेपाली सेनाबीच प्रगाढ सम्वन्ध राख्न खेल्नु भएको भुमिकाको उच्च मुल्यांकन गरिएको सम्मान पत्रमा भनिएको छ–‘तपाई जस्तो नेपाली सेना प्रति सदैव सकारात्मक धारणा राख्ने ब्यक्तीत्वको सम्मानले सैनिक नागरिक सम्वन्धमा भविश्यमा थप टेवा पुरयाउन दिशानिर्देश गर्नेछ ।’

भैरव प्रसाद गण, राँझाको सभाहलमा सम्पन्न सो कार्यक्रममा नेपाली सेनाका सकलदर्जाका विशिष्ट ब्यक्तित्व, पृतनापति, गणपती, बाँके र वर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, अस्पताल प्रमुख, सामाजिक क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार १० जनामा कोरोना पुष्टि, ७ डिस्चार्ज

२० श्रावण २०७८, बुधबार १५:४४
नेपालगञ्ज : बाँकेमा बुधवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५६ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा २, कोहलपुर मेडिकल कलेजमा ६० नमुना परीक्षण गर्दा ६ र बागेश्वरी प्रयोगशालामा ३० […]