काँग्रेस बाँकेको अधिवेशनको सम्पूर्ण तयारी पुरा

सदरलाइन संवाददाता १८ फाल्गुन २०७८, बुधबार १३:२८
 

नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेको बिहीवार हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला समन्वय समितिको हलमा विहान ९ बजेदेखि मतदान सुरु गर्ने गरी तयारी थालिएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा नारायणप्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल र बादशाह कुर्मीबीच प्रतिस्पर्धा हुने छ । गौडेल संस्थापन इतर तथा हमाल र कुर्मी संस्थापन समूहका नेता हुनुहुन्छ ।


यस्तै दुई जना उपसभापतिका लागि गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्णबहादुर कार्की र सुदिपनरसिंह राणाबीच प्रतिस्पर्धा हुँदैछ । दुई जना सचिवमा सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र बहादुर हमाल र सञ्जुकुमारी (थारु) चौधरीगरी चारजना प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै दुई सहसचिवका लागि रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोद कुमार थारुको उम्मेदवारी छ । निर्वाचन अधिकृत उदयमणी आचार्यका अनुसार नयाँ नेतृत्व छान्न १ हजार ४ सय ९३ मतदाताले मतदान गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ४ संक्रमित थपिए, २ डिस्चार्ज

१८ फाल्गुन २०७८, बुधबार १३:२८
नेपालगञ्ज : बाँकेमा बुधवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६७ जनाको नमुना जाँच गर्दा तीन जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा एकजना र कोहलपुर मेडिकल कलेजमा दुईजनामा भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै नेपालगञ्जको जमुनाह नाकामा २५६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा […]