सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौमा रहेको भारतीय दूतावासले बिहीवार विविध कार्यक्रम गरी ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारत सरकारले नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई उपलब्ध गराएको ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरे ।
साथै राजदूत पुरीले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका सैनिकका परिवारलाई आर्थिक सहायता रकम हस्तान्तरण गरे । भारत सरकारले ३ परिवारलाई वीर नारी, ५ जना एकल महिला र ६ जना दिवंगत सैनिकका परिवारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ ।
यस्तै दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक सहयोग पनि उपलब्ध गराएको छ ।
