बाँकेमा ४ संक्रमित थपिए, २ डिस्चार्ज

सदरलाइन संवाददाता १८ फाल्गुन २०७८, बुधबार १३:३६
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६७ जनाको नमुना जाँच गर्दा तीन जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा एकजना र कोहलपुर मेडिकल कलेजमा दुईजनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै नेपालगञ्जको जमुनाह नाकामा २५६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् ।


यस्तै २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ६८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा नरभक्षी पाटेबाघ नियन्त्रणमा, निकुञ्जमा बुझाईदै

१८ फाल्गुन २०७८, बुधबार १३:३६
नेपालगञ्ज :  बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलबाट आज बिहान साढे १० बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो । फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी राप्ती पीडित सामुदायिक बनबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल […]