कोरोना संक्रमणबाट भेरीमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ९ भाद्र २०७८, बुधबार १२:४४
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा मंगलवार राती थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँकेका हुन भने अर्का दाङका हुन् । बाँके राप्तीसोनारी गाउँपालिका–३ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनलाई साउन २९ गते कोभिठ पुष्टि भएको थियो । त्यसैदिन अस्पताल भर्ना भएका थिए । यस्तै राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषलाई भदौ ६ गते कोभिड पुष्टि भएको थियो । उनलाई त्यसैदिन अस्पताल भर्ना गरिएको थियो ।


स्वास्थ्यमा सुधार नआउँदा दुवै जनाको मंगलवार राती आधा घण्टाको फरकमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २८ पुगेको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ९७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कक्षा १२ का विद्यार्थीलाई खोप दिइने

९ भाद्र २०७८, बुधबार १२:४४
नेपालगञ्ज : बाँकेमा कक्षा १२ का बिद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । यही भदौ ११ र १२ गते आठवटै पालिकामा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोप दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । उहाँका अनुसार, २०७७ सालमा एडमिट भएर परीक्षा दिनका लागि प्रवेश […]