स्वचालित पेस्तोलसहित बाँकेमा तीन जना पक्राउ

सदरलाइन संवाददाता १८ फाल्गुन २०७८, बुधबार १३:०२
 

नेपालगञ्ज : बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गएराती डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय सुशान्त केसी र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्धारिका उपाध्याय रहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।


पक्राउ परेका तीनै जनालाई बुधवार प्रहरीले पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको छ । नेपालगञ्जदेखि राप्तीनदी तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०२९ नम्वरको कार जाँच गर्ने क्रममा एक थान अटोमेटिक पेस्तोल, पेस्तोलमा लाग्ने ११ राउण्ड गोलीसहित घरेलु हातहतियार फेला परेको डिएसपी न्यौपानेले बताए ।

उक्त पेस्तोल दिपेन्द्रले तीन महिना अघि भारतको लखनऊबाट असरफ अलिसँग ५० हजारमा खरिद गरी ल्याएको खुलेको छ । दिपेन्द्र यसअघि पनि आपराधिक घटनामा संलग्न रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा आदमखोर बाघ नियन्त्रणमा

१८ फाल्गुन २०७८, बुधबार १३:०२
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ । वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउँपालिका– ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो । उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मंगलवार शिकार […]