नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडमा पर्यटन प्रबद्र्धधनको लागि ‘तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स’ को नयाँ शाखा शुभारम्भ गरिएको छ ।
बाँकेको पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउने लक्ष्यका साथ तुलसी होलिडेज टुर्स एण्ड ट्राभल्स अब नेपालगञ्जमा पनि सञ्चालनमा ल्याएको छ ।
पर्यटन क्षेत्रमा लामो अनुभव र सफल नेतृत्व गरेका पदम सुवेदीद्वारा स्थापित यो शाखाको उद्घाटन बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले एक विशेष समारोहबीच गरेका हुन । ।


तुलसी होलिडेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणका लागि हवाई टिकट, होटेल बुकिङ, तीर्थयात्रा, साहसिक यात्रा लगायतका सम्पूर्ण पर्यटकीय सेवाहरू प्रदान गर्दै आएको छ ।
नेपालगञ्जको नयाँ शाखा मार्फत अब स्थानीयवासीहरूले उच्च गुणस्तरीय र भरपर्दो सेवा घरदैलोमै पाउनेछन् । तुलसी होलिडेजले
पर्यटनको प्रवद्र्धन र स्थानीय रोजगारीमा समेत टेवा पु¥याउने विश्वास गरिएको छ ।