राप्तीसोनारीमा आदमखोर बाघ नियन्त्रणमा

सदरलाइन संवाददाता १८ फाल्गुन २०७८, बुधबार १३:२०
 
फायल फोटो

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ । वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउँपालिका– ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मंगलवार शिकार गरेकोमा बुधवार बिहान नियन्त्रणमा लिन सफल भएको बताइएको छ । प

ाडोलाई शिकार गरी माुस खान आएको बाघलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायतको टोलीले नियन्त्रणमा लिएको हो ।


राप्ती पीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेको थियो । नियन्त्रणमा लिइएको बाघलाई नेपालगञ्जस्थित वन कार्यालयको खोरमा ल्याएर राखिएको कँडेलले बताए ।

पछिल्लो केही महिनादेखि राप्तीसोनारी गाउँपालिका वडा नं ४ र ६ मा बाघले पटक–पटक आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस बाँकेको अधिवेशनको सम्पूर्ण तयारी पुरा

१८ फाल्गुन २०७८, बुधबार १३:२०
नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेको बिहीवार हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला समन्वय समितिको हलमा विहान ९ बजेदेखि मतदान सुरु गर्ने गरी तयारी थालिएको निर्वाचन समितिले जनाएको छ । सभापतिमा नारायणप्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल र बादशाह कुर्मीबीच प्रतिस्पर्धा हुने छ । गौडेल संस्थापन इतर तथा […]

सम्बन्धित