घरेलु टोलीलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा

सदरलाइन संवाददाता ७ बैशाख २०८२, आईतवार २०:०६
 

नेपालगञ्ज : घरेलु टोली बाँके-११ विरुद्ध ३-० को जित निकाल्दै रौतहट जिल्ला फुटबल संघ लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बाँकेको नेपालगञ्ज रंगशालामा रौतहटलाई जित दिलाउन जेनिफर रानामगर, समीक्षा राई तथा पियुली रोयले गोल गरे। खेलमा सिम्रन राई प्लेयर अफ दि म्याच घोषित भइन् ।

रौतहटले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्यो ।


जेनिफरको गोलमार्फत खेलको २७औं मिनेटमा रौटहटले अग्रता लिएको थियो । सेनु परियारको पासलाई जेनिफरले उत्कृष्ट हेडर गोल गरेकी थिइन् ।

दोस्रो हाफको सुरुमै रौतहटले अग्रता दोब्बर बनायो । जेनिफरकै पासमा समीक्षा राई गोल गरिन् ।

भारतीय खेलाडी पियुलीले ५१औं मिनेटमा गोल गर्दा रौटहटको अग्रता ३-० मा पुग्यो । उनले जेनिफरको क्रसलाई वान टचमै पोस्टको दिशा दिइन् ।

रौतहटले फाइनल प्रवेशको लागि वैशाख १० गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कर्णाली प्रदेशबीचको विजेतासँग खेल्नेछ । एपिएफले सोमबार कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टेक्ने ठाउँ चाहिन्छ : कवि महेश पौड्याल

७ बैशाख २०८२, आईतवार २०:०६
  नेपालगञ्ज : जमिन नछोड सोल्टी, टेक्ने ठाउँ चाहिन्छ । प्वाँख छन् भन्दैमा कहाँ आकाशमा बास बस्छन् र चराहरू बादल पनि त घर फर्कन्छ, बर्सात बनेर । जमिन नछोड सोल्टी, टेक्ने ठाउँ चाहिन्छ । कवि महेश पौड्यालले ’जमीन’ शीर्षकको यो कविता सुनाउँदा नेपालगञ्जको अलाइड कलेजको हलमा उपस्थित दर्शकहरूको तालीले उनको […]