दैलेख : दैलेखको चामुण्डा विन्द्रासैनीमा पालिका स्तरिय बाल विबाह र छाउपडीविरुद्ध नगरस्तरिय बालिका सम्मलेन आईतबार जम्बुकाँधमा सम्पन्न भएको छ ।
बालविबाह विरुद्ध आवाज उठाउने र यसलाई समाजबाट अन्त्य गर्न प्रयत्नशिल हुने, छाउपडी प्रथा विरुद्ध जनचेतना फैलाउने, परिवार, विद्यालय र समाजमा संवाद गराउने विद्यालयमा वालिकाको नियमित रुपमा उपस्थिती गराउने, पीडित बालबालिकाको पक्षमा बोल्ने, सहारा दिने र सरोकारवाला निकायमा उजुरी गर्ने हिम्मत गर्ने तथा स्थानीय तह, बाल क्लब, समुदाय र सरोकारवालासँग मिलेर व्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चामुण्डा घोषणा पत्र जारि गरिएको हो ।
कर्णाली प्रदेश भुमि, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले छाउपडी प्रथा नभई कुप्रथा भएका बताएका छन । सेभ चिल्ड्रन, सोसेक नेपाल दैलेख र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको आयोजना बाल विवाह र छाउपडी प्रथा विरुद्धको बालिका सम्मेलन कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन ।
‘प्रथामा असल संस्कार हुन्छन्, कुप्रथामा असल संस्कार हुदैन छाडपडी लगायतका गलत संस्कार हुन्छन, ‘छाडपडीलाई प्रथा मान्न सकिदैन, कुप्रथा नै मान्नु पर्छ’ उनले भने, कर्णाली प्रदेश र सुदुरपश्चिममा देउता मात्र बलिया छन हुन, महिनावारी हुदाँ छुन नमिल्ने र घरमै वस्न दिने, अन्य प्रदेश र अन्य मुलकका देउता कमजोर भएर नै महिनावारी हुदाँ घर भित्र वस्न दिएका ह्ुन त ? छाउपडी हुदाँ घर बस्दा देउता रिसाउनछन भन्ने भाष्य गलत हो ।’


जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराजले सबैको प्रयासबाट मात्रै बालविवाह र छाउपडी जस्ता कुप्रथाको अन्त्य गर्न सकिने बताए । राज्य एक्लैले मात्र यस्ता कुप्रथा अन्त्य गर्न नसकिने उनले बताए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका नगर प्रमुख गणेशकुमार शाहीले विकासको महत्वपुर्ण आयम भनेकै सामाजिक विकास भएको बताए । ‘हामी सडक, विद्यालय भवन, खानेपानी, स्वास्थ्य भवन निर्माणलाई मात्र विकास भन्छौँ, महत्वपुर्ण विकास भनेको सामाजिक विकास हो’ उनले भने । चामुण्डा विन्द्रासैनी नगरपालिका सधै बालबालिकाको साथमा रहने समेत बताएका छन ।
चामुण्डाविन्द्रासैनी नगरबाल क्लव सञ्जालका अध्यक्ष रेश्मा विकको अध्यक्षतामा भएको कार्यक्रममा चामुण्डा विन्द्रासैनीका करिब १०० बमलिकाको सहभागिता रहेको कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, सेभ द चिल्ड्रन नेपाल निर्देशक तारा क्षेत्री, सोसेक नेपाल दैलेखका कार्यकारी निर्देशक हिरासिंह थापा, चामुण्डाबिन्द्रासैनी नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख मायाकुमारी सिंह र बाल संरक्षण अधिकृत बसन्तप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।