जम्मु–काश्मीरकी पूर्वमुख्यमन्त्री महबुबा १४ महिनापछि रिहा

सदरलाइन संवाददाता २८ आश्विन २०७७, बुधबार १६:५४
 

काठमाण्डौ : जम्मु–कश्मीरका पूर्वमुख्यमन्त्री तथा पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबुबा मुफ्ती रिहा भएकी छिन् ।

करिब १४ महिनाको हिरासतपछि जम्मू–कश्मीर प्रशासनले उनलाई मंगलबार राति रिहा गरेको हो। गत वर्षको अगस्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्य बनाउने संवैधानिक प्रावधान धारा ३७० हटाएसँगै पूर्वमुख्यमन्त्री मुफ्तीलाई हिरासतमा लिइएको थियो ।

उनलाई जनसुरक्षा अधिनियमअन्तर्गत हिरासतमा लिएको स्थानीय प्रशासनले जानकारी दिएको थियो। रिहा हुनेबित्तिकै महबूबा मुफ्तीले अडियो सन्देश जारी गर्दै जम्मू–कश्मीरमा अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएकी छिन् ।

उनले जम्मू–कश्मीरमाथि दिल्लीले गत वर्षको अगस्ट ५ मा चालेको कदम गैर संवैधानिक, गैर लोकतान्त्रिक र गैरकानुनी भएको बताएकी छिन् ।


उनले मुलुकका विभिन्न ठाउँमा बन्दी बनाइएका जम्मू–कश्मीरका नागरिकलाई पनि छिटोभन्दा छिटो रिहा गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

जम्मू–कश्मीरबाट धारा ३७० हटाएसँगै पीएसएअन्तर्गत ४ सयभन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको थियो। हिरासतमा लिइएकामध्ये धेरैलाई रिहा गरिएको छ ।

मुफ्तीका अलावा जम्मू–कश्मीरका ठूला नेता उमर अब्दुल्ला र उनका बुवा फारुक अब्दुल्लालाई पनि हिरासतमा लिइएको थियो । उनीहरु यसअघि नै रिहा भइसकेका छन् ।

Next Post

मेयर राणाद्वारा स्वास्थ्यकर्मीको प्रशंसा

२८ आश्विन २०७७, बुधबार १६:५४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरुको आ.व. २०७६/७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधवार सम्बोधन गर्दै उनले स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा उत्कृष्ट काम गरेको बताए । उनले […]

सम्बन्धित