सुर्खेतको वीरेन्द्रनगरमा लगाईएको कर्फ्यु हट्यो

सदरलाइन संवाददाता १७ फाल्गुन २०७८, मंगलवार १९:०३
 

सुर्खेत :  सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय प्रसाशनद्वारा लगाइएको कर्फ्यु मंगलबार साँझ सात बजेबाट हट्ने भएको छ । एमसिसि सदनबाट पारित भएको विषयको बिरोधमा उत्रेका समूहले तोडफोडमा उत्रे पछि जिल्ला प्रशासन कार्यालयले हिजो सोमबार साँझबाट लगाइएको कर्फ्यु आज साँझ सात बजेबाट हटाउने जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अवस्था शान्तिपूर्ण देखिएकाले आदेश हटाइने जानकारी दिए । उनले भने,‘ अवस्था सामान्य भएको र कर्फ्यु अवधिमा कुनै प्रदर्शन नभएकोले अवस्था शान्तिपूर्ण नै देखिएकाले मंगलबार साँझ सात बजेदेखि नै कर्फ्यु हटाउँदैछौं । सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा भने निषेधाज्ञा तोक्दैछौं ।’


प्रसाशनले निषेधाज्ञा तोकेका क्षेत्रहरुमा यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र रहेको छ । केही क्षेत्रमा आदेश जारी रहनसक्ने प्रजिअ रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वचालित पेस्तोलसहित बाँकेमा तीन जना पक्राउ

१७ फाल्गुन २०७८, मंगलवार १९:०३
नेपालगञ्ज : बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गएराती डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय सुशान्त केसी र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्धारिका उपाध्याय […]