बाँकेमा शनिवार १६ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १४ फाल्गुन २०७८, शनिबार १४:२५
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ११ र एन्टिजेन परीक्षणमा ५ जना गरी ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर ल्याबमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


यस्तै जमुनाहा नाकामा २५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये ५ जना बाँकेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९२८ पुगेको छ ।

यस्तै थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटनामा परि वडाध्यक्षको मृत्यु

१४ फाल्गुन २०७८, शनिबार १४:२५
सुर्खेत : मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो । दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको […]