नेपालगञ्जमा सामाजिक एकताका लागि सद्भावर्याली

सदरलाइन संवाददाता १६ आश्विन २०८०, मंगलवार १२:५८
 


नेपालगञ्ज  : बाँकेको नेपालगञ्जमा सामाजिक सद्भावलाई प्रगाढ बनाउने उद्देश्यले विभिन्न धर्मगुरु, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा पेशकर्मीहरू सहितको सहभागितामा आज मंगलबार बिहान नेपालगञ्जमा सद्भाव ¥याली निकालिएको छ ।

नेपालगञ्जको वीपीचोकबाट निकालिएको सद्भाव ¥याली धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न धर्माका अनुयायी, राजनीतिक कर्मी, नागरिक समाज सम्मिलित सद्भाव ¥याली प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।


सामामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबैले आफ्नो स्थानबाट सहयोग गर्नुृपर्ने उनको भनाइ छ । सो कोणसभामा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगी, मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीलगायतले सम्बोधन गर्दै समाजमा भाईचारा कायम राख्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको नेपालगञ्जमा अनिश्चित कालिन कर्फु जारी

१६ आश्विन २०८०, मंगलवार १२:५८
नेपालगञ्ज  : बाँकेको नेपालगञ्जमा अनिश्चित कालिन कर्फु जारी भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी कर्फु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ (क) (१) (३) बमोजिम २०८० […]

सम्बन्धित