नरैनापुरका १२ किसानले पाए कृषक पेन्सन

रुद्र सुवेदी ९ माघ २०७८, आईतवार ११:२५
 


नेपालगञ्ज : बाँकेको नरैनापुर गाउपालिकाले आफ्नो नीति तथा कार्यक्रममा घोषित कृषक पेन्सन कार्यक्रम कार्यान्वयनमा ल्याएर वितरण समेत गरेको छ । कृषि क्षेत्रलाई प्रोत्साहन गर्नको लागि कृषक पेन्सन कार्यक्रम लागू गर्ने नरैनापुर प्रदेशमै पहिलो पालिका भएको दाबी गरिएको छ ।

गत असारमा सम्पन्न गाउसभाले पारित गरेको कृषक पेन्सन कार्यक्रममा चालु आर्थिकमा १२ जना कृषकलाई छनौट गरी जनही २ हजारका दरले कृषक पेन्सन बितरण गरिएको गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । उनले कृषक पेन्सन कार्यक्रम कार्यान्वयनमा ल्याउने नरैनापुर सके मुलकमै नत्र प्रदेशमा पहिलो पालिका समेत हुन सक्ने दाबी गरे ।

उनले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रति किसान २ हजारका दरले कृषक पेन्सन कार्यक्रम सुरु गरेको बताए । उनले नरैनापुर गाउपालिकाले कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यवसायिक पशु पालक कृषक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण समेत गरेको जानकारी दिए ।

गाउपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यवसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन । नरैनापुर गाउपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले दिएको जानकारी अनुसार वडा नं. ५ का १९ कठ्ठामा व्यवसायिक तकारी खेती गर्ने हस्मत अली साई, वडा नं. ५ का हमिद मुकेरी १४ उनले कठ्ठामा व्यवसायिक तरकारी गर्दै आएका छन् ।

यसैगरी १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नं ४ दौलतपुरका धनविर थारु, १० कठ्ठमा तरकारी खेती गर्ने वडा नं. २ का रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्ने वडा नं. १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेकी छन ।

पशु पालक किसानबाट कृषक पेन्सनमा छनौट हुने ६ जना किसानहरुमा वडानं. ६ का अमरलाल मौर्य रहेका छन् । उनले २ हजार कुखुरा पालेका छन् । ५ गाई र ४९ वटा भैसी पालेका वडा नं. ५ का वलियासार यादव र वडानं. २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा परेका छन ।

यसैगरी पशु शखाबाट कृषक पेन्सनमा पर्ने ६ जना अगुवा किसानमा वडानं. ५का हरिशंकर मुराउ परेका छन् उनले २७ भैसी पालेका छन्, वडानं. ४का छोटेलाल राढले ६९ गाई र ५० बाख्रा पालेका छन् र वडानं. ५ का रामसुमत यादवले २ गाई २१ भैसी पालेका छन् । शाखा प्रमुख भण्डारीले कृषक पेन्सनका लागि व्यवसायिक कृषि कर्म गर्ने तथा पशु पालनलाई व्यवसाय बनाउनेहरुलाई आधार बनाएर छनौट गरिएको बताए ।


उनले यो कार्यक्रमले आगामि वर्ष नरैनापुरका किसानका बिचमा अझ प्रतिश्पर्दाको भावना उत्पन्न गराउदै नरैनापुर गाउपालिकालाई नै कृषि र पशु पालनका क्षेत्रमा आत्मनिर्भर बनाउन तर्फ प्रेरित गर्न मद्दत पुराउने विश्वास व्यक्त गरे ।

नरैनापुरमा कृषि र पशुपालनको अपार सम्झावना भएको कुरामा जोड दिदै भने–‘नरैनापुर गाउपालिकामा कृषि र पशु पालनको अपार संभावना छ । यहाँका किसान परम्परागत कृषि र पशु पालनमा विश्वास गर्ने भएको र उनीहरुलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।’

यसैब्ीच गाउपालिकाले आयोजना गरेको पालिका स्तरिय ३ दिने कृषि मेला प्रर्दशनी कार्याक्रमको समापन समारोहमा यस वर्षको कृषक पेन्सन पाउने किसानलाई कृषि पेन्सन बितरण गरिएको थियो ।

गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश संसद कृष्णा केसी नमुनाले नरैनापुरका किसानलाई आत्मनिर्भर बनाउनको लागि आवश्यक सहयोग गर्नको लागि प्रदेश सरकार तयार रहेको बताईन ।

उनले प्रदेश सरकारले नरैनापुरलाई प्राथामिकतामा राखेर विभिन्न खालका विकास निर्माणका योजनादेखि शिक्षा, स्वास्थ्य, कृषि, सिचाईका क्षेत्रमा योजना र कार्यक्रम सञ्चालन गरेको बताईन । उनले भनिन–‘ आज कृषक पेन्सन पाउने १२ जना नरैनापुरका किसानलाई बधाई दिदै आगामी दिनमा समेत अझ बढी व्यवसायिक कृषि प्रणाली अबलम्ब गरी आयआजन गर्नुहोस । प्रदेश सरकारले तपाईको हौषला बढाउन विभिन्न खालका कार्यक्रम ल्याउने छ ।’

सो अवसरमा कृषक पेन्सन पाउने किसानले आफुहरुलाई मासिक २ हजार कृषक पेन्सन स्वरुप उपलब्ध गराएर परम्परागत भन्दा व्यवसायिक कृषि तथा पशु पालन तर्फ अझ आकर्शित गराएको प्रतिक्रिया दिएका थिए । राजधानी दैनिकबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष ओली र उनीकी पत्नी राधिकालाई कोरोना संक्रमण

९ माघ २०७८, आईतवार ११:२५
काठामाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण देखिएको छ । शनिवार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष ओलीलाई पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीलाई पहिलो पटक कोरोना संक्रमण भएको हो । उच्च सावधानी अपनाउँदै […]

सम्बन्धित