ठाकुरबाबामा दशवर्षे शिक्षा योजनाको अन्तिम मस्यौदा तयारी कार्याशाला शुरु

सदरलाइन संवाददाता १० फाल्गुन २०७८, मंगलवार १९:२८
 


बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले निर्माण गर्नका लागेको दश वर्षे शिक्षा योजनामाथिको अन्तिम मस्यौदा तयारी कार्याशाला शुरु भएको छ ।

९ गते नगर क्षेत्रका शिक्षा क्षेत्रका व्यहिरुको सहभागितामा गरिएको कार्यशालामार्फत प्राप्त सुझाव कार्यान्वयन गर्न मस्यौदा निर्माण कार्यदल गठन बनाएर मस्यौदा तयारी कार्यशाला शुरु भएको हो ।

तीन दिने कार्यशालाले दश वर्षे शिक्षा योजनालाई मूर्त रुप दिनेछ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका बेदप्रसाद डाँगीले प्राबिधिक सहयोग गर्दै शिक्षाका न्यूनतम आधारभूत र शिक्षा क्षेत्रको क्षेत्राधिकारबारे प्रष्ट पारेका थिए ।


त्यस क्रममा उनले बिभिन्न पालिका तथा जिल्लामा निर्माण भएका उत्कृष्ठ शिक्षा नीति तथा निर्देशिकालाई अलम्बन गर्न सकिने कुरामा समेत जोड दिए थियो । बिभिन्न नमूनागत योजनाले समेत यस नगरपालिकाको शिक्षा योजनामा समेटन सकिने कुरामा छलफल गरिएको थियो ।

नगरपालिकाको समन्वय, प्लानको सहकार्यमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजनाको सहयोग रहेको छ । कार्यशालामा शिक्षा समितिका पदाधिकारी, अन्य सरोकारवाला, नगरपालिका कार्यसमिति सदस्य, परियोजना प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमलाई शिक्षा शाखा प्रमुख सीता भण्डारीले संचालन गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघको आक्रमणबाट बर्दियामा महिलाको ज्यान गयो

१० फाल्गुन २०७८, मंगलवार १९:२८
नेपालगञ्ज : बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको गएराती बाघको आक्रमणबाट मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा राती सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर […]