अवध पोष्ट् दैनिक र अनलाईन सार्वजनिक

१ श्रावण २०७३, शनिबार ०६:३३
 

सदरलाइनडटकम
१ साउन, नेपालगन्ज : हरिओम मिडिया प्रा.लि. नेपालगन्ज प्रकाशक रहेको अवध पोष्ट् दैनिक र सोही पत्रिकाको अनलाईन संस्करण ई–अवध पोष्ट् डटकम सार्वजनिक गरिएको छ ।

IMG_2165

प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजीले एक समारोहका बीच लोकार्पण गरेका हुन । उनले पत्रकारिताको मूल्य र मान्यता अनुसार सञ्चार माध्यामलाई सञ्चालनमा ल्याईनु पर्ने तथा निमुखा जनताको आवाज बन्न सक्नु पर्ने सुझाव पनि दिए ।
अवध पोष्ट् दैनिकका प्रधान सम्पादक प्रभात देवकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरेले शुभकामना व्यक्त गरे भने बसन्त शर्माले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिविस बाँके एमसिपिएममा मुलुककै दोस्रो स्थानमा

१ श्रावण २०७३, शनिबार ०६:३३
  सदरलाइनडटकम १ साउन, नेपालगन्ज : स्थानीय निकायको न्यूनतम शर्त तथा कार्य सम्पादन मापन (एमसिपिएम)मा जिल्ला विकास समिति बाँकेले दशौ स्थानबाट छलाङ्ग मार्दै दोस्रो स्थान हासिल गरेकोे छ । गत आर्थिक वर्ष २०७१/७२ को स्थानीय निकाय वित्तिय आयोगको मुल्याङ्कन नतिजा अनुसार देशभरका जिल्ला विकास समितिलाई उछिन्दै बाँके दोस्रो भएको हो । अघिल्लो वर्ष […]