बाघको आक्रमणबाट बर्दियामा महिलाको ज्यान गयो

सदरलाइन संवाददाता ११ फाल्गुन २०७८, बुधबार १३:१३
 

नेपालगञ्ज : बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको गएराती बाघको आक्रमणबाट मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा राती सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते बनाएको थियो ।


घाइते चौधरीको उपचारका लागि भुरीगाउँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए । केही समय यता बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा बाघले लगालग मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा फेरी दुई वटा पाटे बाघ देखियो

११ फाल्गुन २०७८, बुधबार १३:१३
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुर र आलीनगर क्षेत्रमा बुधवार दुई वटा पाटे बाघ देखिएका छन् । बाघ देखिएको खबरपछि ईलाका प्रहरी कार्यालय धामपुरले त्यस क्षेत्रमा प्रहरी परिचालन गरी सर्वसाधारणहरुलाई सचेत गराई रहेको छ । धामपुरका प्रहरी इन्चार्ज सई मुकुन्द सिगदेलले स्थानीयले बाघ देखिएको खबर गरेपछि जंगलक्षेत्रमा नजान र जंगलबाटो […]