खजुरामा पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण भएन

सदरलाइन संवाददाता १३ माघ २०७९, शुक्रबार १५:४९
 

नेपालगञ्ज : बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य पूरा भएन । ठेकेदारले खजुरा बजारको १८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भैरहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।

बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर चार लेन सडक निर्माणको काम हुन नसकेको हो । चार लेन सडक निर्माणको काम गर्ने ठेक्का २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा पाएको थियो ।

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएकोेमा ६८ महिना बिते पनि अझै सडक अपुरो छ । विभिन्न बहानामा पटक पटक म्याद थपिए पनि निर्माणको काम अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाले बताए । स्थानीयले सडक निर्माणको माग गर्दै पटक पटक आन्दोलन भए पनि सडक अझै अलपत्र रहेको उनले बताए ।


सडक डिभिजन कार्यालय नेपालगञ्जका अनुसार कोरोना महामारी र मौसम प्रतिकूलताका कारण तोकिएको समयमा काम नसकिएको जानकारी गराएर निर्माण कम्पनीले म्याद थप गर्दै आएको छ ।

सडक बारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विनाविभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिएकी छन् । मन्त्री केसीले ठेकेदार वामदेव रेग्मीलाई फोन गरेर तत्काल फिल्डमा आएर अधुरो सडकको काम पूरा गर्न निर्देशन दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडान

१३ माघ २०७९, शुक्रबार १५:४९
दाङ : सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ । शुक्रवार दिउँसो धावनमार्गमा उडान परीक्षण गरिएको हो । उडानपछि प्रतिक्रिया दिँदै विमानचालक रविन्द्र डङ्गोलले धावनमार्गको लम्बाइ थप गर्न सके पूर्णरुपमा यात्रु राखेर सञ्चालन गर्न सकिने बताए । उनले धावनमार्गको उत्तरतर्फबाट विमान ल्याण्ड गर्नका लागि केही घरमा राखिएका […]