सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा आईतवार एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाईते भएका छन् ।
नेपालगञ्ज १८ एकतानगर स्थित बसपार्क पछाडी बिद्युत रोडमा रहेको बिजुलीको पोलमा बिहान ढाई बजे मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए । दुर्घटनामा नेपालगञ्ज ४ का दिनेश लामिछाने र सोही ठाउँका प्रवेश शिंखडा घाइते भएका थिए ।
मोटरसाइलमा पछाडी बसेका गम्भीर घाइते लामिछानेको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको उनले बताए । अर्का घाइते मोटरसाइकल चालक शिंखडाको उपचार भइरहेको र उनको पनि अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक मल्लले बताए ।
