प्रदेश नं ५ को बजेट अधिवेशन सोमबारदेखि शुरु

३१ बैशाख २०७५, सोमबार १७:४९
 

सदरलाइनडटकम
३१ बैशाख, नेपालगन्ज : प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५र७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए ।


मुख्यमन्त्री पोखरेलले प्राथमिकताका आधारमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने जानकारी दिंदै पूर्ण बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो भने । उनले भौतिक पूर्वाधारको विकास तथा कृषि, पर्यटन र उद्योग क्षेत्रको उत्थानका लागि समुचित बजेट विनियोजन गरिनेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारले प्राथमिकता भएको बताए ।
मुख्यमन्त्री पोखरेलले समावेशीताको सिद्धान्तअनुसार बजेट निर्माण गर्ने जानकारी दिँदै २०७५ साउन १ देखि प्रदेश सरकारले राजश्व संकलन गर्ने गरी आधार तयार गर्ने जानकारी दिए । उनले भने,—‘सडक, पुल, नहर र खानेपानीमा जनताको पहुँच र्पुयाउन नयाँ बजेटको प्राथमिकता निर्धारण हुनेछ ।”
कृषि क्षेत्रको विकास समुचित उत्थान, पर्यटन र उद्योग क्षेत्रको विकास र पूर्वाधारका लगानी क्षेत्रमा सरकारले बजेटलाई केन्द्रित गर्ने जानकारी दिँदै उहाँले अव्यवस्थित बसोबासको समस्या निराकरण र वर्षामा हुने बाढी पहिरो नियन्त्रणका लागिसमेत सरकारको ध्यानाकर्षण भएको जानकारी
दिए । । मुख्यमन्त्री पोखरेलले स्थानीय तहसँग सहकार्य गरेरै प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाउ“दै प्रदेश सरकारको नया“ बजेट चुहावट नियन्त्रणतर्फ केन्द्रित हुने र साना र मसिना आयोजनामा बजेट खर्च नगर्ने बताए ।
त्यस्तै मुख्यमन्त्री पोखरेलले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित विधायन समितिको प्रतिवेदन पुनः विधायन समितिमै फिर्ता पठाउन राख्नुभएको प्रस्ताव सदनले अनुमोदन गरेको छ । –रासस

Next Post

कथा संग्रह विमोचन

३१ बैशाख २०७५, सोमबार १७:४९
सदरलाइनडटकम ३१ बैशाख, नेपालगन्ज :  साहित्यकार कल्पना खरेलको कथा संग्रह रागिनीको नेपालगञ्जमा एक समारोह बीच विमोचन गरिएको छ । गौरी पव्लिक रिलेशन एण्ड पव्लीकेशनद्धारा प्रकाशित एक सय १० पेजमा २० वटा कथा संग्रहित छन् । अन्तर्राष्ट्रिय साहित्य समाज भेरीद्धारा आयोजित कार्यक्रममा प्रसिद्ध साहित्यकार एवं प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत […]