अधिवेशनकालागी गौडेल समूहको सदस्य पदका उम्मेदवार घोषणा

सदरलाइन संवाददाता ९ फाल्गुन २०७८, सोमबार १६:४७
 

नेपालगञ्ज : फागुन १५ गते हुने नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सदस्य पदका उम्मेदवारहको पनि घोषणा गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आयोजित सोमबार एक कार्यक्रमका बीच सदस्यका उम्मेदवारहरुको घोषणा गरिएको हो ।

गौडेल समूहका सचिवालय संयोजक एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य टेक नारायण भुषालले उम्मेदवारहरुको नाम घोषणा गरेका थिए । पदाधिकारी उम्मेदवारहरुको घोषणा भने पुस १९ गते नै गरिएको थियो । उपसभापतिमा गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले -आशिष_ तथा सहसचिवमा रेणु सिंह ठाकुर र विश्वराज लम्साल उम्मेदवार छन् ।


नेपालगञ्ज उपमहानगरपालिकाबाट खुला सदस्य पदमा यज्ञबहादुर बस्नेत, पदमबहादुर जिसी र जिलेदार भाट उम्मेदवार बन्ने भएका छन् । कोहलपुर नगरपालिकाबाट खुलातर्फ ऋषि सापकोटा, दिवशचन्द्र न्यौपाने र महिलातर्फ गीता प्याकुरेल तथा राप्तीसोनारी गाउँपालिकाबाट खुलातर्फ टिकाराम बस्नेत र महिला कोटामा तिला कार्की उम्मेदवार बन्ने भएका छन् ।

नरैनापुर गाउँपालिकाबाट खुलातर्फ महबुब अलि शेष र महिलातर्फ विमलादेवी तमौली, खजुराबाट खुलातर्फ पारसनाथ योगी, जानकीबाट खुलातर्फ रामचन्द्र गुप्ता र महिलातर्फ सुनिता कुमारी आले तथा बैजनाथबाट खुलातर्फ डिलबहादुर बुढा र महिलातर्फ कोपिला शर्मा उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै आरक्षणतर्फ खस–आर्यबाट मोहन प्रसाद शर्मा -चापागाई_ र मोहन शर्मा, आदिवासीतर्फ सुरेश श्रेष्ठ, मधेशीबाट देउकल यादव र लक्ष्मीकुमारी यादव, दलिततर्फ धर्म सुनार, थारुतर्फ रामबहादुर थारु र ललितादेवी थारु तथा मुस्लिमतर्फ सकरुन बेगम र जलिल ढपाली उम्मेदवार हुने भएका छन् । बाँकी केही सदस्य पदका उम्मेदवारहरुको टुंगो एक दुई दिनमै लाग्ने भुसालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

९ फाल्गुन २०७८, सोमबार १६:४७
रोल्पा : रोल्पाको लुङ्ग्री गाउँपालिका–४ जलुकेमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  एक जना घाइते भएका छन् । दाङबाट इँटा लिएर लुङ्ग्री गाउँपालिका–२ सिर्प जाँदै गरेको रा १ ख १७८७ नम्बरको टिपर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–२ सिर्पका ३७ वर्षीय अमृतबहादुर ओलीको ज्यान गएको हाे । दुर्घटनामा […]

सम्बन्धित