डीपीएल : वर्षाका कारण आजको खेल रद्द

४ फाल्गुन २०७५, शनिबार १६:३१
 

सदरलाइनडटकम,
कैलाली : धनगढी प्रिमियर लिग डीपीएलअन्तर्गत शनिवारका लागि तय भएको दोस्रो खेल रद्द भएको छ । खेल्नका लागि मैदान योग्य नभएपछि खेल स्थगित भएका कारण महेन्द्रनगर र धनगढीले १–१ अंक बाँडेका छन् । यद्यपि आइतवारका लागि भने मैदान तयार रहने बताइएको छ ।
अब पानी सुकेको र आइतबारका लागि खेल्न तयार रहने बताइएको छ । आज खेल नभएपछि धनगढी एक खेल अगावै प्लेअफबाट बाहिरियो । महेन्द्रनगर भने तीन खेलबाट दुई अंक जोड्न सफल भएको छ । महेन्द्ररनगरको भने तीन खेलबाट एक अंक सहित पाँचौं स्थानमा छ ।
शीर्ष स्थानमा रहेको पाँच अंकसहित काठमाडौं गोल्डेन्स शीर्ष स्थानमा छ । अत्तरिया, रुपन्देही र विराटनगरको ४–४ अंक छ । महेन्द्रनगरको दुई अंक भएको छ भने धनगढीको एक अंकमात्र छ ।


तस्बिर : थाहा खबर ।

Next Post

सिरक डसना तगेरै मासिक २० हजार आम्दानी

४ फाल्गुन २०७५, शनिबार १६:३१
सदरलाइनडटकम, नेपालगञ्ज  : हातमा सिप र काम गर्ने जाँगर भए खाडिको विभिन्न ठाँउ पुगेर हन्टर खाने युवाका लागि स्वदेश मै खाडिमा भन्दा बढी कमाउन सक्ने नेपालगन्जका मधेशी मुस्लिम युवाहरुले उदाहरण देखाएका छन् । नेपालगन्जको बीपीचोकमा रहेको चाँद सिरक ईन्टर प्राईजेजमा सिरक डसना सिउने कारिगर मुमताज मियाँले हातमा सिप र जाँगर […]