सदरलाइनडटकम,
दाङ : विद्युत शर्ट भई आगलागी हुँदा दाङमा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँस्थित विद्युत शर्ट भई एक घरमा आगो लाग्दा ३३ वर्षीय अजय उराउको मृत्यु भएको हो ।
शुक्रवार राति ११ बजे विद्युत शर्ट भएर घरमा आगो लाग्दा सुनसरी जिल्लाको भोक्ता गाउँपालिका ६ निवासी उराउको मृत्यु भएको दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रशाद घर्तीले बताए ।
घरमा एक्लै सुतेका उराउ विद्युत शर्ट भई सल्केको आगोले ग्यास सिलिण्डर विष्फोट भएपछि उनको जलेर घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।
