बाँकेमा फेरी बाघको आक्रमण

सदरलाइन संवाददाता ८ फाल्गुन २०७८, आईतवार १७:४०
 

नेपालगञ्ज : बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजे तिर राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय माथि बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

घाइते झगडियाका २८ बर्षिय वकिल गद्दीको नेपालगञ्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भैरहेको छ । स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घासदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताए ।


उनका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उनलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उनि बेहोस भएपछि घासदाउरा गर्न संङ्गसंङ्गै गएका अन्य साथिहरुले होहल्ला गरे र बाघ त्यहाँबाट भागेको उनले बताए ।

बाघले उनको घाटीको अगाडी र पछाडी दुबैतिर प्वाल पारेको छ । स्थानीयको सहयोगमा अस्पताल पुगेपछि मात्र उनको होस खुलेको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रक पल्टिदा ड्युटीमा खटिएकी प्रहरी जवानको मृत्यु

८ फाल्गुन २०७८, आईतवार १७:४०
कोहलपुर : बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएकी प्रहरी जवानको ट्रक पल्टिएर च्यापिँदा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको ट्रक पल्टिदा च्यापिएर मृत्यु भएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका ७ घर भएकी ३६ वर्षीया बुढाक्षेत्रीको चौराहामा आइतबार राति १० बजे तीव्र गतिमा आएको ट्रक […]