नगरशिक्षा समितिको सदस्यमा विष्णु बेल्वासे मनोनित

सदरलाइन संवाददाता २ भाद्र २०७८, बुधबार १५:००
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाको नगर शिक्षा समितिको सदस्यमा तक्षशिला एकेडेमिका अध्यक्ष तथा कोहलपुर टाइम्सका प्रकाशक बिष्णु बेल्वासे मनोनित भएका छन् ।

कोहलपुर नगरपालिकाको शिक्षा सम्बन्धी नीति निर्माण गर्ने नगर शिक्षा समितिको सदस्यमा बेल्वासेलाई मनोनित गरिएको हो । लामो सयमसम्म कोहलपुर बाँकेमा पत्रकारिता क्षेत्रमा आवद्ध बेल्वासे नगर शिक्षा समितिको सदस्य पदमा मनोनित भएका हुन् ।


नगर क्षेत्रको शैक्षिक विकास र समृद्धिका लागि आवश्यक काम गर्ने प्रतिवद्धता जनाउँदै कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक रहेको उनले बताएका छन् ।

बेल्वासेसँगै कोहलपुर ११मा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय बगियाका प्रधानाध्यापक गोमा चालिसे पनि नगरशिक्षा समितिमा मनोनित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा ६४ विद्यालयलाई ल्यापटप वितरण

२ भाद्र २०७८, बुधबार १५:००
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पालिकाभित्र रहेका करिब ६४ वटा विद्यालयलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई प्रतिविद्यालय एक–एक वटाको दरले ६४ वटा ल्यापटप वितरण गरिएको हो । नगरपालिका उपप्रमुख मोहनमाया ढकालले कोभिड–१९ को कारण शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिनको लागि […]