अमेरिकमा छिट्टै कोरोनाविरुद्धको खोप दिइने

सदरलाइन संवाददाता ८ मंसिर २०७७, सोमबार ०८:२७
 

काठमाण्डौ : अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।

कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने जानकारी दिएको बीबीसीले जनाएको छ । डाक्टर सलोइले खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन शुरु गरिने जानकारी दिए ।

अमेरिकामा कोेरोना भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिरहेको अवस्थामा डाक्टर सलोइको यो भनाइ आएको हो । अमेरिका कोरोना सङ्क्रमणका हिसाबले विश्वमा पहिलो नम्बरमा रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् । पछिल्लो तथ्याङ्कअनुसार त्यहाँ २ लाख ६२ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।


औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति लिन गत शुक्रबार आवेदन दिएको छ । अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ या छैन भनेर निर्धारण गर्नेछ ।

यसका लागि एफडीएलाई कति समय लाग्ने भन्ने बारेमा यकिन भइसकेको छैन । यसअघि यो खोपको परीक्षणका क्रममा ६५ वर्षभन्दामाथिको उमेर समूहका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो । यस खोपको परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी भएका थिए ।

Next Post

स्वास्थ्य राज्यमन्त्रीले गरे भेरी अस्पतालको निरीक्षण

८ मंसिर २०७७, सोमबार ०८:२७
नेपालगञ्ज : स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भेरी अस्पतालको निरीक्षण गरेका छन् । राज्यमन्त्री रावतले अस्पतालको भौतिक संरचना र सेवा प्रवाहको अवस्थाबारे सोमवार विहान निरीक्षण गरेका हुन् । पश्चिम नेपालको रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पतालको पुरानो संरचना भत्काएर नयाँ निर्माणका लागि योजना बनाउन निर्देशन दिँदै उनले कोरोना संक्रमित विरामीको उपचारमा […]