ट्रक पल्टिदा ड्युटीमा खटिएकी प्रहरी जवानको मृत्यु

सदरलाइन संवाददाता ९ फाल्गुन २०७८, सोमबार १३:५०
 

कोहलपुर : बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएकी प्रहरी जवानको ट्रक पल्टिएर च्यापिँदा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको ट्रक पल्टिदा च्यापिएर मृत्यु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ७ घर भएकी ३६ वर्षीया बुढाक्षेत्रीको चौराहामा आइतबार राति १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको थियो ।


ना ३ ख ६४३६ नम्बरको ट्रक पल्टिँला चौराहाको पश्चिम क्षेत्रमा ड्युटीमा खटिएकी प्रहरी जवानको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिमालय शाहले जानकारी दिए ।

ट्रक सुरुमा दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । ट्रक चालक बबई गाउँपालिका ६ दाङका लोकराज केसीले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु

९ फाल्गुन २०७८, सोमबार १३:५०
नेपालगञ्ज : कोरोना संक्रमणबाट नेपालगञ्जमा थप एक जनाको मृत्यु भएको छ । बर्दिया, गुलरिया नगरपालिका वडा नम्बर ८ निवासी २७ वर्षीय युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । भेरी अस्पतालमा यही फागुन ७ गते भर्ना भएका उनको आइतबार राती ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन […]