एजेन्सी : भारतीय गायक तथा सङ्गीतकार बप्पी लहरीको निधन भएको छ । लहरीको मंगलबार राती ६९ वर्षको उमेरमा मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
२७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा जन्मनु भएका लहरी डिस्को किङ्ग नामले परिचित थिए। पप म्युजिकलाई भारतमा बप्पी दाले नै भित्र्याएको बताइन्छ ।
बप्पी लहरी आफ्नो सङ्गीतका साथै अत्यधिक सुन लगाउने भएका कारण पनि चर्चित थिए। उहाँका दिलमे हो तुम, याद आ रहा हे, तम्मा तम्मा लोगे,उलाला जस्ता सयौं गीतहरु चर्चित रहेका छन् भने फरक छ भाषा बोलको नेपाली गीत पनि गाएका छन् ।