नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकायलाई सिरिन्ज लगाउँदा मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका १ चिसापानीमा आइतबार साँझ सडक दुर्घटनामा परी समान्य ओठ काटिएको थियो तर उनको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा आएका उनको रगत रोक्नका लागि लगाइएको सिरिन्जका कारणले गर्दा उनको मृत्यु भएको हो ।
मृतकका आफ्न्त दिपक कार्कीले भने, मेडिकल कलेजमा आइतबार साँझ हिँडेर आउनुभएको थियो, म संगै थिए ।’ ‘ओठमा समान्य चोट लागेको थियो, रगत बगिरहेको थियो उनले थपे, रगत रोक्न डाक्टरले सुई लगाउन वित्तिकै रोकायको मृत्यु भएको थियो ।’
अहिले आफन्तहरुले आन्दोलन गरिरहेका छन् । रोकायलाई आपातकालिन सेवामा सिरिन्ज लगाइएको थियो । मेडिकल कलेजले सोमबार राती करिब २ बजेतिर मात्र मृत घोषणा गरेको थियो । अहिले ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।