सातौं नेपालगञ्ज म्याराथनको उपाधि एपिएफका बोगटीलाई

सदरलाइन संवाददाता ४ मंसिर २०७८, शनिबार १२:०१
 

नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालित सातौं नेपालगञ्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन् । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन् ।


त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत रहेका छन् । उनले उक्त दुरी २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा पार गरेका हुन् । उनी नेपाली सेनाका त्रिभुवन आर्मी क्लबका हुन् ।

तेश्रो स्थानमा आर्मीकै सन्तोष बिष्ट भएका छन् । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका छन् । फुल म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र सबै बिधामा मिलाएर कुल २ हजार खेलाडीले म्याराथन दौडमा भाग लिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एकको मृत्यु

४ मंसिर २०७८, शनिबार १२:०१
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दाङका ३५ वर्षीय पुरुषको शुक्रवार राती ८ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ४० […]