वडा कार्यालयलाई बनाइयो आइसोलेशन केन्द्र

सदरलाइन संवाददाता ३० बैशाख २०७८, बिहीबार १७:०१
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आईसोलेसन वार्ड बनाइएको छ । चारजना महिला र १० जना पुरुषलाई राख्न सकिने गरि १४ सइयाको अस्थाई आईसोलेसन तयार गरिएको वडा अध्यक्ष बुद्धीसागर सुवेदीले जानकारी दिए ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बिहिवार वडा कार्यालयमा आईसोलेसनको उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख राणाले कोभिड संक्रमण अन्त्य हुने निश्चित नभएका कारण भविष्यमा आईपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तयारी गर्नुपर्ने बताए । उनले वडा कार्यालयमा आईसोलेसन भएपछि वडाबासीलाई सहज हुने बताए ।


वडाअध्यक्ष सुवेदीका अनुसार भाडामा बस्ने र घरमा आईसोलेसनको सहज व्यवस्था हुन नसक्नेहरुका लागि लक्षित गरि आईसोलेसन तयार गरिएको हो । केहीदिनमा चिकित्सक र औषधी सहितको घरदैलो अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

नेपालगञ्जमा यसअघि वडा नम्बर ४ ले दुईजना चिकित्सकसहित १० सइयाको आईसोलेसन सञ्चालन गरिरहेको छ । उप–महानगरपालिकाले ह्वाईटहाउस र रामलिला मैदानमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । वडाहरुमा चिकित्सक सहितको घरदैलो र सेनिटाईजर गर्ने कार्य चलिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा सघं नेपालद्धारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

३० बैशाख २०७८, बिहीबार १७:०१
नेपालगञ्ज : युवासंघ नेपाल खजुरा गाँउपालिकाले आइसोलेसनका लागी स्वास्थ्य शुरक्षा सामाग्री प्रदान गरेको छ । खजुरा गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा पुगेर युवाहरुले बिहीवार उक्त सामग्री हस्तान्तरण गरेका हुन् । आइसोलेसनमा रहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मिहरुका लागी कोरोनाबाट बच्न र बचाउन सहयोग मिलोस भन्दै स्वास्थ्य शुरक्षा सामाग्री हस्तान्तरण गरिएको युवा संघ […]