बाँकेमा पनि जलाइएको नोटबाट ब्रिकेट बनाईंदै

सदरलाइन संवाददाता १५ भाद्र २०७८, मंगलवार १६:२६
 

नेपालगञ्ज : नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाइ ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ ।

नेदरल्यान्ड्सबाट पहिलो पटक भित्र्याइएको यस प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।

नेदरल्यान्ड्सको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार अहिले आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाण्डौ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार यस मेशिनबाट काठमाण्डौमा ब्रिकेट उत्पादन गर्न शुरु भइसकेको छ भने मंगलवारदेखि नेपालगञ्जबाट पनि उत्पादन शुरु गरिएको र छिट्टै अन्य दुई ठाउँबाट पनि उत्पादन हुनेछ ।

आउँदो असोजसम्म बाँकी चार वटा मेशिन पनि झिकाइ जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन सुरु हुनेछ, उनले भन्नुभयो । पहिलो पटक जलाइएका चार सय बन्डल नोटबाट झन्डै चार सय केजी खरानी निस्केको थियो । नोटको आकारअनुसार खरानीको परिणाम फरक पर्ने उनको भनाइ छ ।

चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउन झन्झटिलो हुने तथा धुवाँधुलोले वातावरण प्रदूषण हुने भएकाले आधुनिक प्रविधिअनुसार धुलाउने र त्यसलाई अन्य प्रयोजनमा ल्याउन सकिने भएकाले बैंकले उपकरण खरिद गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिममा एमालेका १० प्रदेश सांसदले समाजवादीमा गरे सनाखत

१५ भाद्र २०७८, मंगलवार १६:२६
धनगढी  : एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका छन् […]