पर्यटन विकासका लागि एक महिने भाषा तालिम शुरु

सदरलाइन संवाददाता १२ आश्विन २०७८, मंगलवार १५:३३
 

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोग र पर्या पर्यटन विकास मञ्च ठाकुरद्वाराको आयोजनामा बर्दियाको ठाकुरद्वारामा एक महिने अँग्रेजी भाषा तालिम शुरु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको वरिपरि रहेका पर्यटन व्यवसायमा संलग्न रहेका प्रकृति पथ प्रदर्शकहरुको क्षमता विकास तथा यस पेशामा रुचि जनाउने करिब २७ जना युवाका लागि तालिमको आयोजना गरिएको पर्या पर्यटन विकास मञ्चका सदस्य रामजन चौधरीले जानकारी दिए ।

कार्यक्रमा बोल्दै मेयर घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिका प्राकृतिक स्रोत साधनमा धनी रहेको, यस क्षेत्र पर्यटन विकासको प्रचुर सम्भावना रहेको हुँदा आगन्तुक पाहुनालाई यसको बारेमा विस्तृतमा जानकारी गराई प्रर्याप्त आर्थिक लाभ लिन सकिने र त्यसको लागि भाषामा दक्षता हुनुपर्ने भएको हुँदा भाषा दक्षमा थप टेवा पुगोस् भन्ने उद्देश्यले यो भाषा तालिम सञ्चालार्न्थ नगरपालिकाले सहयोग गरेको बताए ।


उपमेयर कृष्ण कुश्मा थारुले नगरपालिकाले संरक्षण जस्ता कार्यमा विशेष जोड दिँदै पर्यटन विकासमा सदैव सहयोग रहने बताइन् । एउटा पथ प्रदर्शनले राम्रोसँग पर्यटकलाई प्रकृतिका बारेमा बुझाउन सके त्यसबाट गाइड लगायत आर्थिक लाभ हुनुका साथै क्षेत्र पहिचानमा महत्वपूर्ण टेवा पुग्ने

पर्या पर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथिमा ठाकुरबाबा नगरपालिकाका मेयर घन नारायण श्रेष्ठ, विशिष्ट अतिथिमा उपमेयर कृष्ण कुश्मा थारु र अथिती हरुमा बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापा, ठाकुरबाबा नगरपालिका–९ का वडा अध्यक्ष राधा चौधरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तालिमको उद्देश्य आचारसंहिता लगायतका विषयमा आयोजक पर्या पर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताउँदै कार्यक्रम सफलताको शुभ कामना व्यक्त गरेका थिए । एक महिले अंग्रेजी भाषा तालिमको सहजीकरण प्रशिक्षक सानुकान्छा तामाङले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतसँगको नाका खोल्ने निर्णय बाँकेमा कार्यान्वयन हुन सकेन

१२ आश्विन २०७८, मंगलवार १५:३३
नेपालगञ्ज : सरकारले गएको असोज ७ गतेदेखि नै भारतसँग जोडिएका नाकाहरु खोल्ने निर्णय गरेपनि जमुनाह नाकामा भने त्यो निर्णय कार्यान्वयनमा आउन सकेको छैन् । सिमा नाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवतजावतमा कडाई गरिरहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गृहको परिपत्र नआएका कारण कुन मोडालिटीमा नाका खोल्न […]

सम्बन्धित

ताजा अपडेट