बाँकेमा ४२ हजार मतदाता थपिए

सदरलाइन संवाददाता १ फाल्गुन २०७८, आईतवार १४:३६
 

नेपालगञ्ज : बाँकेमा करिब ४२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले साउनदेखि माघ २४ गतेसम्ममा जिल्लामा करिब ४२ हजार मतदाता थपिएको जानकारी दिए ।

यद्यपी जिल्लाको यकिन मतदाता संख्या निकाल्न भने केही दिन लाग्ने उनको भनाइ छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई माघ २९ गतेसम्म बसाइसराइसहितको यकिन तथ्यांक पठाउन निर्देशन दिएको थियो ।


निर्वाचन कार्यालय बाँकेले एक महिनाभित्र मतदाता संख्या यकिन हुने बताएको छ। जनशक्ति अभावका कारणले बाँकेले त्यो काम पूरा गर्न सकेको छैन ।

निर्वाचन अधिकारी सुवेदीले अहिले मतदाता नामावली मिलाउने काम द्रुतगतिमा भइरहेको बताए । २०७७ पुस ५ गतेसम्ममा बाँकेमा दुई लाख ८८ हजार १४२ मतदाता थिए । नयाँ मतदाताको संख्या अद्यावधिक भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १८ वर्षमाथिकालाई बुस्टर डोज दिईंदै

१ फाल्गुन २०७८, आईतवार १४:३६
नेपालगञ्ज : बाँकेमा आइतवारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिन शुरु गरिएको छ । दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आइतवारदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, […]