अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

सदरलाइन संवाददाता २३ माघ २०७८, आईतवार १८:५१
 


नेपालगञ्ज : अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार एक जनालाई १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ल छन् ।

मल्लले नेपालगंज १ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरणपछि हत्या गरेर फरार भएका थिए । गोरखामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई पक्राउ गरेको हो ।


उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नक्कली हतियार देखाउँदै आतङ्कित बनाएको आरोपमा ७ जना दाङ प्रहरीको नियन्त्रणमा

२३ माघ २०७८, आईतवार १८:५१
दाङ : रक्सी खाएर हतियार देखाउँदै स्थानीयालाई आतङ्कित बनाएको आरोपमा दाङ प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। तुल्सीपुर–३ भ्युडरमा उनिहरुले मादक पदार्थ सेवनपछि पेस्तोल आकारको लाइटर र हतियार देखाउँदै स्थानीयलाई तर्साएको आरोप प्रहरीको छ। नियन्त्रणमा पर्नेमा १६ देखि २५ वर्षसम्मका युवा छन्। प्रहरीले उनिहरुको साथबाट एउटा खुँडा, ३ वटा हँसिया […]