कोरोनाको परीक्षणमा निस्किएका कर्मचारी दुर्घटनामा घाइते

२० माघ २०७६, सोमबार १३:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा कोरोना भाइरस परीक्षणको व्यवस्थापनमा निस्किएका दुई जना कर्मचारी दुर्घटनामा घाइते भएका छन् ।
जमुनाहा नाकामा कोरोना भाइरस संक्रमण परीक्षणका लागि सोमार बिहान दश बजे निस्किएका नेपालगञ्ज उपमहानगरपालिका कर्मचारी चढेको मोटरसाईकल गणेशमान चोकमा दुर्घटना हुँदा स्वास्थ्य शाखाका गणेश कार्की र जागेश्वर बस्नेत घाइते भएका हुन् ।
कार्कीको बायाँ खुट्टा र हातमा चोट लागेको छ भने बस्नेतको बायाँ खुट्टा र दाहिने हात फ्याक्चर भएको छ । भे ६ प ७५२५ नम्बरको मोटरसाईकलमा चढेका स्वास्थ्यकर्मीलाई भेटनरी कार्यालयको भे १ बा ३०४ नम्बरको गाडीले चोकमा ठक्कर दिएको बताइएको छ । दुबै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सीमानाका जमुनाहामा सोमवारदेखि संक्रणम अवस्थाको परीक्षण गर्ने तयारी गरिएको थियो । नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट आउने बिरामी वा शंका लागेका व्यक्तिहरुको जाँच गरी सम्भावितलाई अस्पताल रिफर गर्ने बताइएको छ । डेस्कले दुई वटा इन्फारेड थर्मोमिटर प्रयोगबाट बिषेश गरी बिरामी, रुघा खोकी लागेका र शंकास्पद व्यक्तिको परीक्षण गर्नेछ ।

Next Post

हात्तिको आक्रमणमा एक जनाको मृत्यु

२० माघ २०७६, सोमबार १३:५०
सदरलाइनडटकम, बर्दिया : हात्तिको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ८८ नम्बरको पिलरको सीमा जङ्गलमा खर काटी फर्केने क्रममा जङ्गली हात्तीको आक्रमणले राजापुर नगरपालिका १० भगतपुर बस्ने ४९ वर्षीया लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट सोही ठाउँ निवासी २९ वर्षीया […]