सदरलाइनडटकम,
कालीकोट : कालीकोटको नरहरिनाथमा गाउँपालिकामा दुई ठाउँमा पहिरो जाँदा एकै परिवारका सातसहित ९ जनाको ज्यान गएको छ । नरहरिनाथ–७ मा मंगलवार राति पहिरो जाँदा एकै परिवारका सातजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
ज्यान गुमाउनेमा ६२ वर्षका गंगे बुढा, ६१ वर्षीया नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षीया चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिरोले पुरिएर घटनास्थलमै ज्यान गएको हो ।
यस्तै १८ वर्षकी बिमला बुढाको उपचारका क्रममा ज्यान गएको हो । यस्तै नरहरिनाथ नगरपालिका–४ पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।
