नक्कली हतियार देखाउँदै आतङ्कित बनाएको आरोपमा ७ जना दाङ प्रहरीको नियन्त्रणमा

सदरलाइन संवाददाता २३ माघ २०७८, आईतवार १८:५६
 

दाङ : रक्सी खाएर हतियार देखाउँदै स्थानीयालाई आतङ्कित बनाएको आरोपमा दाङ प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।


तुल्सीपुर–३ भ्युडरमा उनिहरुले मादक पदार्थ सेवनपछि पेस्तोल आकारको लाइटर र हतियार देखाउँदै स्थानीयलाई तर्साएको आरोप प्रहरीको छ।

नियन्त्रणमा पर्नेमा १६ देखि २५ वर्षसम्मका युवा छन्। प्रहरीले उनिहरुको साथबाट एउटा खुँडा, ३ वटा हँसिया र एउटा बन्चरो पनि बरामद गरेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोकिएको एउटा ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु

२३ माघ २०७८, आईतवार १८:५६
बुटवल : बुटवलमा रोकिएको एउटा ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका(१२ स्थित तामनगर नजिकै रोकीराखेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहान साढे ५ बजे ठोक्किएको थियो । दुर्घटनामा स्थानीय […]