प्रेस चौतारीको स्थापना दिवसमा पत्रकारको आँखा जाँच

सदरलाइन संवाददाता २२ माघ २०७८, शनिबार १५:१४
 

नेपालगञ्ज : प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । दिवसका अवसरमा बाँकेमा शुभकामना आदानप्रदानसहित पत्रकारहरुका लागि आँखा परीक्षण कार्यक्रम गरिएको छ ।

भिजन आँखा अस्पतालसँग सहयोग र समन्वयमा आयोजना गरिएको आँखा परीक्षणमा ५० जना पत्रकारले सेवा लिएको चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकायले जानकारी दिए ।


नेत्ररोग विशेषज्ञ डा प्रचण्ड गौतमका अनुसार दुईजना पत्रकारमा मोतिबिन्दु र एकजनालाई जलविन्दुको समस्या देखिएको पाइएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई ५० प्रतिशत छुट दिइएको उनले बताए । यस्तै चेकजाँच र औषधि भने निःशुल्क वितरण गरिएको छ ।

यस्तै ‘स्थापना दिवसकै अवसरमा चौतारी बाँकेका संस्थापक अध्यक्ष रेशम विरहीको सम्मानमा ‘रेशम विरही सृजनशील पत्रकारिता पुरस्कार’को कोष स्थापना शुभारम्भ पनि गरिएको छ । अध्यक्ष रोकायका अनुसार अर्को वर्षदेखि जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शनिवार ३८ संक्रमित थपिए, ६० डिस्चार्ज

२२ माघ २०७८, शनिबार १५:१४
नेपालगञ्ज : बाँकेमा शनिवार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २५ र एन्टिजेन परीक्षणमा १३ जनागरी ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा २५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन […]