बाँकेमा शनिवार ३८ संक्रमित थपिए, ६० डिस्चार्ज

सदरलाइन संवाददाता २२ माघ २०७८, शनिबार १५:३३
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २५ र एन्टिजेन परीक्षणमा १३ जनागरी ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा २५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


भेरीमा ११, कोहलपुर मेडिकल कलेजमा ७ र बागेश्वरी ल्यावमा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुनाहा नाकामा ३५५ जनाको एन्टिजेन जाँच गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका १३ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ७९३ पुगेको छ । यस्तै थप ६० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार १९६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार भन्दै सुरक्षाकर्मीसँग पैसा माग्ने पक्राउ

२२ माघ २०७८, शनिबार १५:३३
नेपालगञ्ज : नेपालगञ्जबाट आफुलाई पत्रकारको परिचय बताउने मनोज तमोलीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग तमोलीले १० हजार रकम मागेका थिए । उनले उक्त रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए । जानकी गाउँपालिका–६ गनापुर निवासी तमोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले […]