जीप दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २२ चैत्र २०७८, मंगलवार १३:३१
 

नेपालगञ्ज : जीप दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ । सल्यानको शारदा नगरपालिका १ दारिमचौरबाट श्रीनगर तर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जीप मंगलवार बिहान ६ बजे दुर्घटना भएको हो ।

जीप शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।


उक्त जिप दुर्घटनामा १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । मृतक पुरुष जीपका सहचालक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाईकल दुर्घटनामा बाँकेका एकजनाको मृत्यु

२२ चैत्र २०७८, मंगलवार १३:३१
नेपालगञ्ज : बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सोमबार बेलुकी पौने ८ बजे भे ३ प ७७५९ नम्बरको मोटरसाईकल सडक छेउमा रोकिराखेको भे १ त ३१७ नम्बरको ट्रयाक्टरमा ठोक्किएर पल्टिएको थियो । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ […]