बाँकेको डुडुवा गाउँपालिकाको १२औं गाउँसभा सोमबारदेखि सुरु

सदरलाइन संवाददाता ४ पुष २०७९, सोमबार १९:३६
 

 

डुडुवा (बाँके) :  लामो समयको अन्तरालपछि बाँकेको डुडुवा गाउँपालिकाको १२औं गाउँसभा सोमबारदेखि सुरु भएको छ । पालिकाका अध्यक्ष नरेन्द्र चौधरीले आर्थिक वर्ष २०७९ / ८० वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।

सो गाउसभामा डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा १५ शैयाको अस्पताल निर्माण गर्ने कार्य लक्ष्य लिएको छ । अध्यक्ष चौधरीले डुडुवाबासीले गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभुतिका साथ बेतहनी स्वास्थ्यचौकीमा चिकित्सकसहितको ज्येष्ठ नागरिक अस्पताल संचालन गरिने योजना ल्याएका हुन ।

सो गाउसभामा अध्यक्ष चौधरीले डुडुवा गाउँपालिकाको स्रोत साधानहरुलाई समुचित सदुपयोग र परिचालन गरी कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबीलाई न्यूनिकरण गरी डुडुवासीको जनजीवन सहज, सरल र गुणस्तरीय बनाउने पालिकाले लक्ष्य लिएको बताए ।

अध्यक्ष चौधरीले गाउसभामा यस वर्ष पशुस्वास्थ्यलगायतका किसानमैत्री सेवाहरुलाई सहज, सरल र निःशुल्करुपमा जनताको घरदैलोमा उपलब्ध गराउने उद्देश्य रहेको बताउँदै जनस्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा योग्य बनाउने बताए । साथै उनले दिगो विकासमैत्री र विपद व्यवस्थापन हुनेगरी बजेट तर्जुमा र कार्यान्वयन गर्ने, लक्षित समूह तथा पिछाडवर्ग र सिमान्तकृत वर्गको सामाजिक सुरक्षा र सामाजिक न्यायसहितका कार्यक्रममार्फत विकासका मूल प्रवाहमा समावेश गर्ने बताए ।


त्यसैगरी सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय विकासलाई दिगो वातावरणमैत्री र प्रभावकारी बनाउन साझेदारी र सहभागितामूलक विकासमा जोड दिने उल्लेख छ । उनले जनतको पहुँच सुनिश्चितता गरी विश्वासमा बदल्नु पर्ने चुनौति र कर्तव्य रहेकोले आर्थिक वर्ष २०७९/८० को नीति, बजेट तथा कार्यक्रमलाई प्राथमिकताका साथ पालिकाले काम गर्नु पर्ने बताए ।

लामो समयदेखि अनिश्चित बनेको बाँकेको डुडुवा गाउँपालिकाको १२ औं गाउँसभा सोमबार बसेको हो । पछिल्लो छ महिनादेखि गाउँपालिकाको कार्यपालिका बैठक नबसेका कारण आवश्यक सेवा सुबिधाबाट स्थानीय बन्चित भएका थिए ।

सेवा सु्बिधा रोकिंदा आमनागरिकले स्थानीय सरकारबाट पाउनुपर्ने सेवाबाट बञ्चित भएको र कर्मचारीले समेत तलब भत्ता नपाउँदा केही दिनअघिदेखि आन्दोलन शुरु गरेका थिए । गाउँपालिका कार्यालयमा तालाबन्दीसंगै सम्पूर्ण कर्मचारी आन्दोलित भएपछि बाध्य भएर सोमबार कार्यपालिका बैठक बसेर १२ औं गाउँसभा बसेको हो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले चालु आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । तर,  गाउँसभामा पेश भएको कार्यक्रमको अध्ययनका लागि समय अभाव र नीति तथा कार्यक्रममा संसोधन गर्नु पर्ने  भन्दै अर्को  दिनका लागि स्थगित गरिएको छ ।

वडा नं ५ का वडाअध्यक्ष झंकबहादुर थापाले सोमबार नै बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम गाउँसभामा पेश गर्ने निर्णय अनुसार पेश भएको जानकारी दिए । उनका अनुसार अध्यक्ष चौधरीद्वारा पेश भएको कार्यक्रमको अध्ययन समय अभाव र केही बुंदामा संसोधन गर्नुपर्ने भएकाले गाउँसभा अर्कोदिनका लागि स्थगित भएको छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको राजनीतिक खिचातानीका कारण स्थानीय जनताले दुःख पाएका छन् । खिचातानीकै कारण कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट कार्यान्वयनमा समस्या आएर डुडुवाका सेवाग्राही पीडित बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नो निर्वाचन क्षेत्रका लागि योजना माग्दै ‘नमुना’

४ पुष २०७९, सोमबार १९:३६
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना) ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेकी छिन् । काठमाण्डौ पुगेकी उनले अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरु पेश गरेकी हुन् । उनले मन्त्रीसमक्ष आफ्नो निर्वाचन क्षेत्रमा […]