विपन्न बालबालिकालाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण

२४ चैत्र २०७४, शनिबार १७:३०
 

सदरलाइनडटकम  
२४ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका विभिन्न वडाहरुले धमाधम लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा नेपालगन्ज–७ का विपन्न बालबालिकालाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
नेपालगन्ज उप–महानगर वडानं. ७ वडा समितिको कार्यालयले स्थानीय ३ वटा विद्यालयका विपन्न बालबालिकालाई सो सामाग्री प्रदान गरेको हो । शनिबार महेन्द्र माविमा आयोजित एक समारोहबीच विद्यलय डे«स, झोला र खेल सामाग्री वितरण गरिएको हो ।
उप–महानगरका प्रमुख डा धवल शम्शेर राणा तथा वडा अध्यक्ष जुमन खाँले विपन्न विद्यार्थीलाई संयुक्त रुपमा खेल तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन । महेन्द्र मावि, नेराप्रावि र मदरसा दारुल उलुम गौसे आजमका २५ जना विपन्न विद्यार्थीलाई सो सामाग्री वितरण गरिएको हो ।
सामाग्रीमा डे«स, झोला, कापी तथा क्रिकेट व्याड, क्रिकेट बल, भलिवल, भलिवल नेट, फुटवल आदि रहेको छ ।
सामाग्री वितरण समारोहमा बोल्दै नगरप्रमुख डा.राणाले शैक्षिक विकासमा विद्यालय र शिक्षक मात्र नभई स्थानीय अभिभावकको अहंम भूमिका हुने भन्दै विकास निर्माणमा पनि सामुहिक हातेमालोको आवश्यक्ता औल्याए ।
यस्तै वडा अध्यक्ष खाँले शिक्षा आर्जनका लागि इच्छाशक्ति भए सहयोग गर्ने व्यक्ति र संघ संस्थाहरुको कमी नहुने विश्वास व्यक्त गर । वडा सदस्य, सम्वन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनीधी, स्थानीय अगुवा लगायतको सहभागिता रहेको थियो ।

Next Post

कर्णाली पत्रकार समाज गठन

२४ चैत्र २०७४, शनिबार १७:३०
सदरलाइनडटकम   २१ चैत, काठमाडौ : कर्णाली पत्रकार समाज काठमाडौको अध्यक्षमा भरतबन्धु थापा (दैलेख) चयन भएका छन् । कर्णाली प्रदेशबाट केन्द्रीय राजधानी काठमाडौ आई पत्रकारीता गरिरहेका पत्रकारहरुको शनिवार भएको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो । भेलाले १५ सदस्यीय कार्य समिति चयन गरेको छ । दैलेख क्षेत्र नं १ का प्रतिनिधी […]