बालाबजारमा ब्याडमिन्टन कोर्ट निर्माणपछि उदघाटन

सदरलाइन संवाददाता २० माघ २०७८, बिहीबार १५:०२
 

नेपालगञ्ज : युनिक स्पोर्ट्स क्लबको पहलमा र युनिक नेपालको सहयोगमा राजापुर नगरपालिकाको बालाबजारमा ब्याडमिन्टन कोर्ट निर्माण गरि उदघाटन गरिएको छ ।

युनिक नेपालले बालाबजार खेलकुद समितिको मागमा सो कोर्ट निर्माण सहयोगको साथै खेलकुद सामग्री पनि सहयोग गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले ब्याडमिन्टन कोर्टको उदघाटन रिबन काटेर गरेका थिए । साथै, उनले बालाबजार खेलकुद समितिका अध्यक्ष देवेन्द्र थारुलाई खेलकुदको सामग्री हस्तान्तरण गरेका थिए ।

प्रमुख अतिथि थारुले भौंरा टप्पाको बिच भागमा पर्ने बालाबजारमा यसखाले खेलको शुरुवाट गर्नु सह्रानीय रहेको बताए । अब ब्याडमिन्टन मात्र होइन युवाहरुलाई सकरात्मक बाटोमा ल्याउनका लागि फुटबल, भलिबल, एथलेटिक्स तथा अन्य खेलको शुरुवाट गर्नु पर्ने सुझाब दिए ।


युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले युवा देशका रक्षक, विकासका सम्वाहक र परिवर्तनका शुत्रधार भएकाले सर्वप्रथम मानसिक र शारिरीक रुपमा स्वस्थ हुन आवश्यक रहेको र यसका लागि खेलकुद आवश्यक रहेको बताए । खेलद्धारा युवाहरु बिच आपसी सम्बन्धको विस्तार तथा कार्य सफलता सहज हुने भएकाले नियमित खेलकुदमा सहभागी हुन युवाहरुलाई आग्रह गरे ।

यसैगरि, युनिक नेपाल र युनिक स्पोर्ट्स क्लबले युवाहरुका लागि खेलकुदको वातावरण मिलाई दिनु भनेको युवाहरुलाई देशका लागि एकै ठाउँमा ल्याउन र सकरात्मक परिवर्तनका लागि सक्षम बनाउने जस्तो सह्रानीय कार्य गरेको डेमनडौराले बताए ।

कार्यक्रममा मैला बर्गदहीका बरघर रामकुमार थारु, युनिक स्पोर्ट्स क्लबका अध्यक्ष रामस्वरुप थारुले समेत शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम उदघाटनपछि ब्याडमिन्टन खेल शुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ

२० माघ २०७८, बिहीबार १५:०२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–७ गगनगन्जबाट बिहीवार लागुऔंषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगरसहित घरबाटै पक्राउ परेको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए । विशेष सूचनाको आधारमा वडाको प्रहरी टोली र लागुऔषध ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको […]