बाँकेमा बिहीवार ४४ संक्रमित थपिए, ८६ डिस्चार्ज

सदरलाइन संवाददाता २० माघ २०७८, बिहीबार १२:४३
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३२ र एन्टिजेन परीक्षणमा १२ जनागरी ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ११, कोहलपुर मेडिकल कलेजमा १५ र बागेश्वरी ल्यावमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


यस्तै जमुनाहा नाकामा २८४ जनाको एन्टिजेन जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका १४ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ७५५ पुगेको छ ।

यस्तै थप ८६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ४७ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६२९ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । ४६ जना मध्यम खाले विरामी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते, २ गम्भीर

२० माघ २०७८, बिहीबार १२:४३
नेपालगञ्ज : बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । बाँसगढी नगरपालिका वडा नम्बर ३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बिहीवार बिहान करिब […]