यातायात कार्यालय नेपालगञ्जका कर्मचारीद्वारा कामकाज ठप्प

सदरलाइन संवाददाता २४ श्रावण २०७९, मंगलवार १४:५७
 

नेपालगञ्ज : असमान रुपमा तलब वृद्धि गरेको भन्दै निजामती कर्मचारीहरूका सहायक चौथो, पाँचौ र छैठौंका कर्मचारीहरुले यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा मंगलवार कामकाज बन्द गरेका छन् ।

असमान रुपले तलब वृद्धि गरेका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा कर्मचारीले आन्दोलनलाई तिब्रता दिदै यातायात कार्यालय नेपालगन्जका सहायक चौथो, पाँचौ र छैठौं तहका कर्मचारीले कामकाज बन्द गरेको यातायात व्यवस्था कार्यालय नेपालगञ्जका नायब सुब्बा रमेश रेग्मीले बताए ।

अर्थमन्त्रालयले श्रावण १ गतेदेखि लागु हुनेगरी अधिकृतभन्दा माथिका राजपत्रांकित कर्मचारीलाई २५ प्रतिशत र सो भन्दा मुनिका कर्मचारीलाई १५ प्रतिशत तलव बढाउने निर्णय गरेपछि देशव्यापी आन्दोलनका कार्यक्रम अनुसार कर्मचारी आन्दोलित भएर मंगलवार यातायात कार्यालय नेपालगञ्जका सबै नायव सुब्बा र त्यो भन्दा मुनिका कर्मचारीहरुले कामकाज बन्द गर्नुपरेको रेग्मीले बताए ।


सहायक चौथो, पाँचौ र छैठौं तहका कर्मचारीलाई सरकारले विवेधपूर्ण तरिकाले गरेको हेपाह प्रविधिका कारण आज सबै काम बन्द गर्नुपर्दा सेवाग्राहीलाई पर्न गएको असुबिधाप्रति दुख समेत प्रकट गरेको रेग्मीले बताए ।

असमान तरिकाले तलव वृद्धि गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । आज देशैभरका छैठौं, पाचौं र सहायक चौथो पदका कर्मचारीहरु बिदामा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साना किसान उद्यमका महिलाहरुले बाख्रा उपहार प्रदान गर्दै

२४ श्रावण २०७९, मंगलवार १४:५७
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा साना किसान उद्यमी सुढृढीकरण परियोजनामा आवद्ध भएका महिलाहरुले उपहार स्वरुप समुहका महिलाहरुलाई बाख्रा उपहार दिएका छन् । बैजनाथ गाउँपालिका वडा न ५ स्थित उपकारकी महिला सदस्य तुलसा थापाले समुह सदस्य लक्ष्मी थारुलाई दुई वटा बाख्रा उपहार दिएकी हुन् । आर्थिक, सामाजिक सवलीकरण र दिगो विकास […]