‘योजना खोज्दै हिड्ने होइन, कृषि फर्म खोलेर आत्मनिर्भर बन्नुस’

सदरलाइन संवाददाता २८ भाद्र २०८१, शुक्रबार १९:३१
 

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार उन्मुलन गर्न अघि बढाएको अभियानलाई जनता माझ पु¥याउन पार्टी पंक्तिलाइ निर्देशन दिएका छन् ।

नेकपा एमाले बिजयनगर गाउँपालिका कमिटी कपिलवस्तुको दोस्रो गाउँ कमिटी अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सुशासन कायम गर्न र  भ्रष्टाचार निर्मुल गर्न कठोर भएर अघि बढेको बताएका हुन ।

‘एक पटक मुख्यमन्त्री भएपछी आजिवन राज्यबाट सेवासुविधा लिने निर्णयलाई उल्टाएका छा’–उनले भने–‘प्रदेश सरकारले गरेको ताकेताबाट एक जनाले गाडी फिर्ता गर्नुभयो, अर्काे गाडी फिर्ता हुने अवस्थामा छ । उहाँले फिर्ता नगरे प्रहरी लगाएर पनि फिर्ता गराउछौं ।’


योजना कार्यान्वयनको नाममा हुने आर्थिक अपचलनका बिरुद्ध प्रदेश सरकार निर्मम ढंगले अघि बढेको बताउदै पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्नेगरी सरकार अघि बढेको स्पष्ट पारे । ‘यो बर्ष लगेका फाइल पढ्न बाहेक, बजेट हाल्न सक्दिन । प्रदेश सरकारले असार १ गते बजेट ल्याउछ । यस बर्षको बजेट आइसकेको छ’–उनले भने–‘छुटेका योजनालाई अर्काे बर्ष समेट्छौं । परेको बजेटलाई सहि ढंगले सदुपयोग गरे विकासले फड्को मार्छ ।’

खेति गर्ने, पशु पाल्ने कामलाई पार्टीका नेताहरुले अंगालेर उदाहरण दिन आह्वान गरे । हरेक नागरिक आत्मनिर्भर नहुदा सम्म मुलुक बन्न नसक्ने भन्दै व्यवसायमा जोडिन आह्वान गरे । ‘कृषि गर्ने पेशा कमजोर हो भन्ने चिन्तनले अहिले समस्या निम्त्यायो । छोरा छोरीलाइ घाँस काट्ने, मल फाल्ने, गाई, भैंसी पाल्ने कुरा कथा जस्तो लाग्न थाल्यो’–उनले भने–‘पुर्खाहरुले गरेका कामलाई निरन्तरता दिनेगरी हरेक क्षेत्रलाई प्रविधि संग जोडेर युवाहरुलाइ लैजान सकिन्छ । यता पनि ध्यान दिनुपर्ने छ ।’

पार्टी अध्यक्ष थर्कबहादुर खन्गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीला न्यौपानेले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियानमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रमलाई एमाले जिल्ला अध्यक्ष बावुराम खनाल, पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, पूर्व अध्यक्ष डम्बर शर्मा लगायतले सम्बोधन गरेका थिए । अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाहरुलाई मुख्यमन्त्री आचार्यले स्वागत समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुणस्तरिय पानी उपभोक्तालाई खुवाउने ग्यारेन्टी सरकारले गर्छ : मुख्यमन्त्री आचार्य

२८ भाद्र २०८१, शुक्रबार १९:३१
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्ना नागरिकहरूलाई स्वच्छ र सफा गुणस्तरिय खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले योजना निर्माण गरेको बताएका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाको रजत जयन्ती कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । मुख्यमन्त्री आचार्यले […]

सम्बन्धित