कोरोना विरुद्धको खोपलाई लिएर क्यानडामा भइरहेको विरोध प्रदर्शन उग्र

सदरलाइन संवाददाता १७ माघ २०७८, सोमबार १३:१२
 

एजेन्सी : कोरोना विरुद्धको खोपलाई लिएर क्यानडामा भइरहेको विरोध  प्रदर्शनले उग्र रुप लिएको छ ।

क्यानडा सरकारले सीमा पार गर्ने ट्रकका चालकलाई खोप अनिवार्य गरेपछि त्यसविरुद्ध प्रदर्शन सुरु भएको थियो । प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाबाट अमेरिका जाने ट्रक चालकले अनिवार्य रुपमा खोप लगाउनु पर्ने प्रस्ताव ल्याएपछि सुरु भएको विरोधमा अहिले अन्य माग पनि थपिएका छन् ।

कतिपय प्रदर्शनकारीहरुले देशव्यापी रुपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखेका छन् । विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन ठप्प भएको छ । प्रदर्शनकारीले कोरोनाको खोप लगाउनै पर्ने आग्रहलाई फाँसीवादसँग तुलना गरेका छन् ।


प्रदर्शन चर्किएर हिंसात्मक घटना हुनसक्ने आशङ्का गर्दै त्यहाँको प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

यस्तै, प्रदर्शनकारीले घर घेरेपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले परिवारसहित घर छाडेका बीबीसीले जनाएको छ । तर, उहाँ घर छाडेर कहाँ  जानु भयो भन्नेबारे केही खुलाइएको छैन ।

यसअघि विरोध  प्रदर्शनका क्रममा प्रधानमन्त्री ट्रुडोले प्रदर्शनकारीलाई ‘अल्पसङ्ख्यक’ भन्दै टिप्पणी गर्नु भएकाे थियो । तर, अहिले प्रदर्शन व्यापक हुँदै गएको छ । ट्रक चालकले थालेको प्रदर्शनमा अहिले सयौँ नागरिकको पनि साथ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या

१७ माघ २०७८, सोमबार १३:१२
कैलाली : कञ्चनपुर बन्चरो प्रहार गरी एक जनाले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–२ कन्जका २२ वर्षीय रामविलास रानाले ४० वर्षीय बुबा ठग्गु रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । आइतबार राति करिब १० बजेतिर घरायसी विवादमा आफ्नै बुबामाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी […]

सम्बन्धित