सदरलाइनडटकम,
काठमाण्डौ : पश्चिम भारतको महाराष्ट्रमा तीव्र गतिको यात्रुबाहक बसले मंगलवार राति अटो रिक्सा ठोक्किएर २७ जनाको मृत्यु भएको छ । बसको ठक्कर लागेपछि अटोरिक्सा र बस सडक नजिकैको कुवामा खसेक थिए ।
कुवामा खसेका अटोरिक्सा, बस र शवलाई क्रेनले बाहिर निकालिएको थियो । दुर्घटनामा अन्य ३२ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । दुर्घटनामा बस चालकको समेत मृत्यु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।
उनले उक्त घटनालाई अकल्पनीय घटना बताएका छन् । भारतमा दुर्घटनाका कारण वार्षिक १ लाख ५० हजार मानिसले ज्यान गुमाउने गरेको तथ्यांकहरु सार्वजनिक भएका छन् । उक्त दुर्घटनाको कारण सडकको दुरावस्था, सवारी समयमै मर्मतसम्भार नगर्नु र चालकको लापरबाही भएको बताइएको छ । (एजेन्सी)
Next Post
बैजनाथमा खेलकुद प्रतियोगिता शुरु
१५ माघ २०७६, बुधबार १७:३१
सम्बन्धित
-
७ जेष्ठ २०७६, मंगलवार १६:४९
बैजनाथमा बालबिवाहबिरुद्धको अभियान विद्यालयबाट सुरु
-
२८ पुष २०७६, सोमबार १६:४५
छाउगोठ भत्काउने अभियान जारी
-
११ मंसिर २०७५, मंगलवार १५:४६
बैतडीमा एक युवक मृत भेटिए
-
८ पुष २०७५, आईतवार १७:४०
नवनिर्वाचित कार्यसमितिलाई शपथग्रहण
-
१८ चैत्र २०७६, मंगलवार १६:१२
नदीमा हराएका युवकको शव भेटियो
-
५ पुष २०७४, बुधबार १७:२२
समयानूकुल शिक्षा नीति निर्माण गरिनु पर्छ : उपकुलपति कोईराला